११ चैत्र २०८२, बुधबार
मुख्‍य समाचार समाचार

एसईईमा उत्कृष्ट जिपिए ल्याएर उतीर्ण हुने थारु विद्यार्थीहरुलाई थाविसले सम्मान गर्ने

काठमाडौं । थारु विद्यार्थी समाजले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक सार्वजनिक गरेसँगै उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरुलाई थारु विद्यार्थी समाजले सम्मान गर्न लागेको हो ।

थारु विद्यार्थी समाजका अध्यक्ष विमल चौधरीले एसईई मा राम्रो ग्रेड ल्याएर उतिर्ण भएका विद्यार्थीहरुलाई थप हौसला प्रदानका लागि सम्मान गर्न लागेको बताए । उनले विगतका बर्षहरुमा जस्तै यस वर्ष पनि औपचारिक कार्यक्रम गरेर विद्यार्थीहरुलाई सम्मान गर्ने बताए ।

उनले भने, विगतमा पनि समाजले आयोजना गर्ने सम्मान कार्यक्रममा एसईईमा राम्रो ग्रेड ल्याउने विद्यार्थीहरुको बाक्लो सहभागिता रह्दै आएको र यो बर्ष पनि सकेसम्म धेरै विद्यार्थीहरुलाई सम्मान गर्ने बताए । उनले सम्मान कार्यक्रममा भाग लिनका लागि गुगल फर्म खुलाएको समेत जानकारी दिए ।

गुगल फारममा विद्यर्थीले आफ्नो सम्पुर्ण व्यक्तिगत विवरण खुलाउनुपर्ने छ । समाजले सम्मानका लागि ३.२ भन्दा माथिका जिपिए ल्याएका विद्यार्थीलाई सम्मान गर्ने समेत जनाएको छ ।

छनोट भएका विद्यार्थीहरुलाई ललितपुरको कुपण्डोलस्थित नाइटिङगेल स्कुलमा साउन १० गते औपचारिक कार्यक्रम मार्फत सम्मान गर्ने समाजले जनाएको छ । समाजले हरेक बर्ष एसईईमा उत्कृष्ट ग्रेड ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्दै आएको छ ।

विद्यार्थीहरुको सहजका लागि थारु विद्यार्थी समाजले हट लाईन समेत उपलब्ध गराएको छ । कुनै थप जानकारी लिनुपरेको खण्डमा थारु विद्यार्थी समाजका पदाधिकारीहरुको सम्पर्क नम्बर : ९८१६७३२५००, ९८०२३३८५०२, ९८२३०३६६७५, ९८६६२०१५८९,९७४८३०९८५९,९८१५७१९०६० मा सिधैं फोन गरेर जानकारी दिन सक्नेछन् ।

तल दिएको गुगल लिंकमा गएर फारम भर्न सक्नुहुने छ ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfkM66MGUYj9dO3k_PWYe_GsZwSiT4_sLPw48RESsuG2X9iVA/viewform

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि