२८ आश्विन २०८२, मंगलवार
बागमती मुख्‍य समाचार समाचार समाज

पहिचान बचाउनका लागि निरन्तर संघर्ष गर्नेहरुलाई महानगरले सम्झिन्छ : डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाले अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि परम्परागत टोल/गुथि/खलहरुलाई आर्थिक अनुदान सहयोग रकमको चेक हस्तान्तरण गरेको छ ।

 

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उक्त रकमको चेक हस्तान्तरण गरिएको हो ।
सोही क्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिकाले दिएको रकम अनुदान नभएको भन्दै यो पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान गर्नेहरुको लागि सम्मान भएको बताएकी छन् ।

 

उनले भनिन्, ‘काठमाडौं महानगरपालिकाले दिएको रकम अनुदान स्वरुप दिन लागेको होइन, सम्मान गरेर दिन लागेको हो । अनुदान भन्ने वित्तिकै सहयोग भन्ने बुझिन्छ । तर महानगरपालिकाको पहिचान बचाउनको लागि निरन्तर निस्वार्थ रुपमा योगदान दिनु भएको छ र यो त्यसकै सम्मान हो ।’

 

यस्तै, उनले काठमाडौं महानगरपालिकाभित्र रहेको हरेक समुदाय र बाजाको उत्तिकै महत्व रहेको भन्दै बाजागुरुलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको बताइन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि