Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश

नेपाल न्युज बैंक
10 घण्टा अघि

काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतले आदेश जारी गरेको छ ।

समाचार सम्प्रेषण गरेकै आधारमा साइबर अपराधको मुद्दा खेपेका पत्रकार पाठक विहीबार जिल्ला अदालत, काठमाडौंमा उपस्थित भएका थिए ।

प्रहरीको साइबर ब्युरोले तीन दिनअघि उनलाई फरार प्रतिवादी बनाएर साइबर अपराध मुद्दा चलाएको थियो ।

विहीबार न्यायाधीश खेमराज भट्टले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको जिल्ला अदालत परिसरबाट पत्रकार नारायण अर्यालले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया