८ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार साहित्य/ समाचार

पाउलो कोएलोको सिफारिस सूचीमा बुद्धिसागरको ‘कर्नाली ब्लुज’

3 मंसिर, काठमाडौं । विश्वप्रसिद्ध लेखक पाउलो कोएलोले आफ्नो पछिल्लो सिफारिस सूचीमा नेपालका उपन्यासकार बुद्धिसागरको ‘कर्नाली ब्लुज’लाई सामेल गराएका छन् ।

कोएलोका तीन सिफारिस कृतिको एक नम्बरमा कर्नाली ब्लुजको अंग्रेजी अनुवाद छ । बेलायतका प्राध्यापक माइकल हटले यसलाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका हुन् । नेपालीमा फाइनप्रिन्टले १३ वर्षअघि छापेको कर्नाली ब्लुजलाई अंग्रेजीमा दुई वर्षअघि अन्तर्राष्ट्रिय प्रकाशन गृह पेन्गुइनले छापेको हो ।

कोएलोको सिफारिस सूचीलाई रिड दिस ट्वाइस् नामक वेबसाइटले सार्वजनिक गरेको छ । यसको दोस्रो नम्बरमा ‘भगवत् गीता’ छ, जसलाई एकनाथ ईश्वरनले अनुवाद गरेका हुन् । कोएलोको सिफारिस सूचीको तेस्रो नम्बरमा छ, ‘ह्याचिङ ट्वीटर : अ ट्रु स्टोरी अफ मनी, पावर, फ्रेन्डसिप एन्ड बिट्रेयल’ । यसका लेखक हुन् निक बिल्टन ।

यसअघि गत अप्रिलमा कोएलोले आफ्नो किताब हिप्पी र कर्नाली ब्लुज सँगै राखेर बुद्धिसागरलाई बधाई दिंदै ट्वीट गरेका थिए । अल्केमिस्ट, जाहिर, इलेभेन मिनट्स लगायत चर्चित किताब लेखेका कोएलो संसारमा सबैभन्दा बढी अनुवाद हुने लेखकमध्ये पर्छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि