७ माघ २०८२, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

अविरल वर्षापछि गगने खोलामा पहिरो, सवारी आवागमन रोकियो

मुगु । अविरल वर्षापछि आएको पहिरोले कर्णाली राजमार्ग अन्तरगत गगने खोलामा आएको बाढिले सडक अबरुद्व भएको छ । गएराती देखि आएको अविरल वर्षापछि गगने खोलामा आएको ठूला ठूला ढुंगा सहितको पहिरोले राजमार्ग अबरुद्व भएको सडक डिभिजन जुम्लाले जनाएको छ ।

 

कालिकोटको गगनेखोलामा ठूला ठूला ढुङ्गा सहितको पहिरो गएपछि विहान ६ बजे देखि सडक अबरुद्व भएको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले बताए ।
उनका अनुसार पहिरो पन्छाउनका लागि हेभी मेसिन सहित जनशक्ति परिचालन गरिएको छ ।

 

वर्षातको समय भएकाले सडकको अबस्था बुझेर मात्रै यात्रा गर्न सडक डिभिजनले अनुुरोेध गरेको छ । सडक अबरुद्व भएपछि मुगु,जुम्ला देखि सुर्खेत नेपालगन्ज जाने यात्रु बाहक तथा मालबाहक सवारी रोकिएका छन् ।भने यात्रुरुहरु अलपत्र परेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि