२७ आश्विन २०८२, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

रसिलालाई माउन्ट पोपा अल्ट्राया रनको उपाधि

काठमाडौं । अल्ट्रा रनर रसिला तामाङले माउन्ट पोपा अल्ट्रा म्याराथनको उपाधि जितेकी छन् ।
आइतबार म्यानमारमा भएको ५० किमी दुरीको ट्रायल रनमा रसिलाले पुरुष धावकहरुलाई समेत पछाडि पारेर समग्र खेलमै पहिलो भएकी हुन् ।

 

सन् २०२३ मा भएको एसिया ट्रायल मास्टर्स महिला च्याम्पियन्सीपमा पहिलो स्थान हासिल गरेर इतिहास बनाएकी रसिलाले ६ घन्टा १८ मिनट ५१ सकेन्डमा दौड पूरा गरिन् । रसिलाले जितपछि कोरोस घडीसहित अन्य गिफ्ट ह्यामपर प्राप्त गरेकी छन् ।

 

सोही दुरीमा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने पाइङ ओले सात घन्टा ३८ मिनेट ४२ सकेन्ड समय लगाएका थिए । महिलातर्फ दोस्रो हुने यीयीले नौ घन्टा नौ सकेन्डमा दोड पुरा गरिन् । साराह सेङ तेस्रो भइन् ।

 

पुरुषतर्फ ज्याक स्पिड दोस्रो र अङ टुन लिन तेस्रो स्थानमा रहे । यस जितसँगै रसिलाले अक्टोबर ४ तारिखमा भियतनाममा हुने एटिएम च्याम्पियन्सीप फाइनलमा चयन भएकी छन् ।
रसिलाले जितपछि निकै खुशी लागेको बताएकी छन् । उनले व्यवस्थितरुपमा रेस आयोजना गरेको भन्दै आयोजकको प्रशंसा पनि गरिन् ।

थप समाचारहरु

खेलकुद

प्रधानमन्त्री प्रचण्ड दिल्लीमा, भारतीय राज्यमन्त्री लेखीले गरिन् स्वागत

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
खेलकुद

विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा विविध कार्यक्रम

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected