२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

प्युठानमा ४ दिनदेखि हराइरहेका आमा-छोराको शव भेटियो

२ मंसिर, प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका-३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए । उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएको थियो ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । ‘विस्तृत जानकारी आएको छैन, हामी अनुसन्धानकै सिलसिलामा छौं’ प्रहरी निरीक्षक खनालले भने ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि