२० फाल्गुन २०८२, बुधबार
समाचार समाज

टिकटक प्रतिबन्धविरूद्ध माइतीघरमा प्रदर्शन

२ मंसिर, काठमाडौं । नेपालमा टिकटक प्रतिबन्धविरूद्ध माइतीघर मण्डलमा प्रदर्शन भएको छ। शनिबार टिकटक प्रयोगकर्ताहरूले टिकटक प्रतिबन्ध खारेज गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन्।

टिकटक प्रतिबन्ध गरेको भन्दै सामाजिक सञ्जालमा सरकारको टीकाटिप्पणी भइरहेको छ। कतिपयले सरकारको यो निर्णयलाई स्वागत गरेका छन् भने कतिपयले भने बन्द नभई नियमन गर्नुपर्ने बताउँदै आएका छन्।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरूद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन्।

मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेपछि रिट दायर गरिएको हो।

रिट निवेदनमा सरकारको उक्त निर्णय खारेज गर्न माग गरिएको छ। उक्त विवादको सुनुवाइ मंसिर ४ गतेका लागि तय गरिएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि