६ माघ २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् : सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।

संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् ।

उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन् ।’

उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।

श्रेष्ठले अमेरिका लगायत विदेश जान लाखौं–करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा उठाइन् ।

‘कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन ? यसमा छानबिन गर्नु पर्दैन ?’उनको प्रश्न थियो ।

उनले सरकार जनताको लागि हो कि शक्ति भएका व्यक्तिहरूको लागि भन्दै प्रश्न गरिन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि