२ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार

प्रतिनिधिसभामा रमिता :  भिजिट भिसा प्रकरणमा माओवादीमाथि शाहीको व्यंग्य

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले पूर्वसभामुख अग्नि सापकोटा भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रको भूमिकालाई लिएर कटाक्ष गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले अग्नि सापकोटाको भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले आत्मसमर्पण गरेको टिप्पणी गरे।

उनले भने, ‘संसदमा चाँही बडो रमिता भयो। प्रतिपक्ष दल माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साट्यो। त्यसका लागि माओवादीका साथिहरूलाई बधाई दिन चाहन्छौं हामी ।’

शाहीले भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रले गल्ती स्वीकार गरेको र सरकारसँग सहमति जनाएर आत्मसमर्पण गरेको आरोप लगाए । ‘भिजिट भिसा प्रकरणमा माओवादीका साथिहरू चुक्नु भयो र आत्मसमर्पण गर्नुभयो,’उनले भने।

उनका अनुसार प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको समर्थन नपाएपछि गृहमन्त्रीको राजीनामा माग्ने प्रस्ताव र संसदीय छानबिन समिति गठनको माग अल्पमतमा परेको छ । यसले सरकारलाई राहत पुगेको संकेत गर्दै उनले प्रतिपक्षभित्रै विभाजन भएको टिप्पणी गरे ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि