Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वीरगञ्जमा सवारी दुर्घटना हुँदा दुई युवकको मृत्यु, ट्रक चालक फरार

News and Updates
1 दिन अघि

रौतहट । पर्साको वीरगञ्जस्थित सिताराम चोकमा सवारी दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट सडकखण्डको सिताराम चोकमा बा.प्र.०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल पछाडिबाट ट्रकमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

 

 

पर्सा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालका अनुसार भुस लोड गरिरहेको एचआर ५५के ३९७१ नम्बरको भारतीय ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो । शुक्रबार बिहान ५ बजेतिर भएको दुर्घटनामा छिपहरमाई गाउँपालिका–३ झलमहिया निवासी २३ वर्षीय रामाकान्त यादव र २३ वर्षीउ विजय यादवको मृत्यु भएको उनले जानकारी दिए ।

 

 

दुर्घटनामा २२ वर्षीय विजयकुमार यादव गम्भीर घाइते भएका छन् र उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेकाले नारायणी अस्पतालमै उपचार भइरहेको छ ।
दुर्घटनापछि ट्रक चालक घटनास्थलमा ट्रक छाडेर फरार भएको प्रहरीले जनाएको छ । हाल चालकको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया