१० कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने स्वर्णिम वाग्लेको अभिव्यक्ति गैरकूटनीतिक : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्ति गैरकूटनीतिक र असान्दर्भिक भएको बताएका छन् ।

ज्ञवालीले उक्त अभिव्यक्तिले नेपालको स्वाभिमान र राष्ट्रिय हितमा आँच पुर्‍याउने टिप्पणी गरेका छन् । विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो मुलुकको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने उनको भनाइ छ ।

नेपालमा कहिल्यै ‘भारतविरोधी राष्ट्रवादको युग’ नरहेको उल्लेख गर्दै ज्ञवालीले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रवत् सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने गरी व्याख्या गर्न नमिल्ने उनको तर्क छ ।

ज्ञवालीले नेपाल–भारत सम्बन्धमा सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा, सीमामा बनाइएका एकतर्फी बाँधका कारण हुने डुबान तथा वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा देखिएका समस्यासमेत उठाएका छन् ।

छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने भन्दै उनले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् । यी विषय उठाउनु भारतको विरोध नभई नेपालको राष्ट्रिय हितसँग जोडिएको प्रश्न भएको उनको भनाइ छ ।

राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उल्लेख गर्दै ज्ञवालीले त्यसका लागि बलियो राष्ट्रिय एकता, सहमति र गम्भीर कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमानलाई बलियो नबनाउने उनको टिप्पणी छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि