७ कार्तिक २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज दशैं टीकाकाे तेस्राे दिन : टीका- जमरा लगाउने क्रम जारी

काठमाडौँ । विजयादशमीको मुख्य दिनदेखि सुरु भएको दशैंको टीका लगाउने क्रम आज द्वादशीमा पनि जारी रहनेछ। निधारमा रातो टीका र कानमा पहेँलो जमरा सिउरिएर मान्यजनबाट आशीर्वाद लिन नेपालीहरू टाढाटाढाबाट यात्रा गरिरहेका छन्।

बडादशैंको मुख्य दिन विजयादशमीमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा छ । यही दिनलाई टीका लगाउने विशेष दिनका रूपमा लिइन्छ । तर टाढा रहेका माइती, मावली तथा आफन्तकहाँ विजयादशमीकै दिन पुगेर टीका थाप्न सम्भव नहुने भएकाले त्यसपछिका दिनमा पनि टीका लगाउने चलन छ ।

दशैंको टीका लगाउने क्रम विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म जारी रहने परम्परा छ। दशमीका दिन टीका लगाउन नभ्याएका चेलीबेटी, आफन्त तथा परिवारका सदस्यहरू त्यसपछिका दिनमा मान्यजनकहाँ पुगेर टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गर्छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि