१२ भाद्र २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

विराटनगर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी घर भएका १३० जना नागरिक सम्पर्कविहीन भएका छन् । काम, व्यापार, पर्यटन तथा धार्मिक भ्रमणका लागि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा पुगेका उनीहरू बाढीपछि परिवारको सम्पर्कमा नआएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ ।

हालसम्म प्राप्त प्रहरी विवरण अनुसार सम्पर्कविहीन हुनेहरूमा सबैभन्दा बढी सोलुखुम्बुका ३८ जना रहेका छन् । यस्तै सुनसरीका १७, मोरङका १४, उदयपुरका १३ र ओखलढुंगाका १२ जना रहेका छन् । यसैगरी इलामका ९, झापा र खोटाङका ८–८ जना, ताप्लेजुङका ६, संखुवासभाका ३, भोजपुर र धनकुटाका १–१ जना बाढीपछि बेपत्ता सूचीमा परेका छन् ।

सम्पर्कविहीन भएकामध्ये अधिकांश मानिसहरू रसुवास्थित माथिल्लो त्रिशुली–१, त्रिशुली ३–बी, दुसन र डोसनजस्ता जलविद्युत आयोजनामा कार्यरत मजदुर, इन्जिनियर, सवारी चालक, सुरक्षाकर्मी तथा क्यासिनो र होटेल व्यवसायी रहेका छन्। केही व्यक्ति भने गोसाइँकुण्ड तीर्थयात्रा तथा तिब्बततर्फ ट्रेकिङ गाइड र पर्यटकका रूपमा पुगेका थिए ।

यसैबीच, सम्पर्कविहीनको सूचीमा रहेकामध्ये ८ जना भने परिवारको सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । सम्पर्कमा आउनेहरूमा उदयपुरका ३ जना, सुनसरीका २ जना तथा इलाम, ओखलढुंगा र सोलुखुम्बुका १–१ जना रहेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि