१२ भाद्र २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आवश्यक परेका थप मिनी एक्सकाभेटरहरू नागरिकको सक्रिय सहयोगमा जुटेको भन्दै सबैप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गृहमन्त्री गुरुङले उपकरण व्यवस्थापनका लागि सर्वसाधारण तथा सम्बन्धित सबै पक्षले देखाएको तत्परता, सूचना र समन्वय अमूल्य रहेको बताएका हुन् ।

गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद तथा हार्दिक आभार ! हामीलाई थप मिनी एक्सकाभेटरहरूको आवश्यकता परेपछि यहाँहरू सबैले दिनुभएको सूचना, तत्परता र सहयोग अमूल्य रह्यो। यहाँहरूकै सहयोगले गर्दा हामीले आवश्यक एक्सकाभेटरहरू भेट्टाइसकेका छौँ।’

संकट तथा आपतकालीन अवस्थामा नागरिकको सहकार्य नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै उनले थपेका छन्, ‘राज्यका हरेक नागरिक यसरी नै एक भएर लाग्ने हो भने जुनसुकै चुनौतीको सामना गर्न सकिन्छ। यहाँहरूको यो ऐक्यबद्धता र सहयोगको लागि धेरै–धेरै धन्यवाद ।’

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि