१० भाद्र २०८३, बुधबार
बागमती मुख्‍य समाचार समाचार समाज

बाढीले टिमुरे–बेत्रावतीका दर्जनभन्दा बढी बैंक शाखा प्रभावित

काठमाडौं । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले रसुवाको टिमुरे र नुवाकोटको बेत्रावतीमा रहेका बैंक तथा वित्तीय संस्थाका दर्जनभन्दा बढी शाखा प्रभावित भएका छन् ।

नेपाल बैंकर्स संघका अनुसार टिमुरेमा सञ्चालनमा रहेका नेपाल इन्भेस्टमेन्ट मेगा, नबिल, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, हिमालयन, एनएमबी, प्रभु र माछापुच्छ्रे लगायत नौ वाणिज्य बैंकका शाखा बाढीबाट प्रभावित भएका छन् । केही शाखामा ठूलो भौतिक क्षति पुगेको र केही संरचना बाढीले बगाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कर्मचारीसँग सम्पर्क गर्ने प्रयास भइरहेको र त्यसपछि क्षतिको विस्तृत विवरण संकलन गरिने बताए । बैंक तथा वित्तीय संस्था परिसंघले पनि हाल भौतिक क्षतिको विवरणभन्दा कर्मचारीको अवस्थाबारे जानकारी लिन र उद्धार समन्वयलाई प्राथमिकता दिइएको जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि