काठमाडौं । थारु कल्याणकारिणी सभा, उपत्यका समितिले आगामी भदौ २७ गते अधिवेशन आयोजना गर्ने निर्णय गरेको छ ।
उपत्यका समितिको असार २९ गते बसेको कार्यसमिति बैठकले नयाँ अधिवेशन भदौ २७ गते गर्ने निर्णय गरेको हो । अधिवेशनमा सहभागी हुन इच्छुक व्यक्ति तथा सदस्यहरूले भदौ २० गतेभित्र नयाँ तथा पुरानो सदस्यता नवीकरण गराउनुपर्ने उपत्यका समितिका कोषाध्यक्ष नन्दुराज चौधरीले जानकारी दिए ।
उनका अनुसार अधिवेशनमा सहभागी हुन इच्छुक सबैलाई तोकिएको समयभित्र सदस्यता नवीकरण गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।
थारु कल्याणकारिणी सभा, उपत्यका समितिले जारी गरेको सूचनामा अधिवेशनसम्बन्धी थप जानकारीका लागि उपसभापति शत्रुधन प्रसाद चौधरी, सचिव उमेश कुमार चौधरी र कोषाध्यक्ष नन्दुराज चौधरीलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।








