२८ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसमा : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।

मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको केही तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने छ । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

मधेश प्रदेश साथै कोशी, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकरदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका केहि स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भूभागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि