२७ श्रावण २०८३, बुधबार
मधेश मुख्‍य समाचार विशेष समाचार

रौतहटको लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जना बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो ।

उनीहरू हिजो दिउँसो नदीमा नुहाउन गएका बेला डुबेर बेपत्ता भएका थिए ।नदीमा डुबेका अर्की एक बालिका रौशन खातुनको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

बालबालिकाहरू नदीमा डुबेर हराएको सूचना पाउनासाथ स्थानीय सुरक्षा निकायको टोली उद्धारमा खटिएको थियो ।

इलाका प्रहरी कार्यालय देवाही गोनाहीका प्रहरी निरीक्षक तेजप्रसाद भट्टराईको नेतृत्वमा ७ जना जनपद प्रहरी र सशस्त्र प्रहरी बलका १४ जनासहितको संयुक्त टोलीले खोजी कार्य जारी राखेको छ ।

थप समाचारहरु

प्रदेस समाचार मधेश समाज

महोत्तरीमा डीएसपीमाथि आक्रमण, ३ सदस्य छानबिन समिति गठन

७ साउन, जनकपुरधाम । महोत्तरीमा एक जना प्रहरी नायव उपरीक्षक (डीएसपी)माथि आक्रमण भएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त
प्रदेस समाचार मधेश समाज

नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

७ साउन, जनकपुरधाम । नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी