२२ श्रावण २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । साथै तराई भू–भागको थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ।

यस्तै आज राती देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि