७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार

काठमाडौंका यी क्षेत्रमा आज एक घण्टा विद्युत आपूर्ति प्रभावित हुने

काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक समस्या देखिएपछि मर्मत कार्यका लागि बिहीबार अपराह्न एक घण्टा विद्युत आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आज ४ः३० बजेदेखि ५ः३० बजेसम्म (करिब एक घण्टा) मर्मत कार्यका लागि सटडाउन लिनुपर्ने भएकाले केही क्षेत्रमा विद्युत सेवा प्रभावित हुन सक्ने जनाएको हो।

प्राधिकरणका अनुसार स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रहरूमा यस अवधिमा विद्युत सेवा अवरुद्ध हुन सक्नेछ।

प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा तत्काल पुनः सञ्चालन गरिने जनाएको छ।

विद्युत आपूर्ति अवरुद्धबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरणले क्षमायाचना समेत गरेको छ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको