३२ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो ।

प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ८७.८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

त्यसपछि गण्डकीमा ६५.९ प्रतिशत, कर्णालीमा ६०.२ प्रतिशत, लुम्बिनीमा ५९.६ प्रतिशत, मधेशमा ५७.९ प्रतिशत, बाग्मतीमा ५७.१ प्रतिशत र कोशी प्रदेशमा सबैभन्दा कम ५४.९ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

गत वर्षको सोही अवधिमा देशभर ७२.१४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष भने राष्ट्रिय रूपमा रोपाइँको प्रगति गत वर्षको तुलनामा कम देखिएको छ । यद्यपि, मधेश प्रदेशमा भने गत वर्षको ४६.८३ प्रतिशतको तुलनामा यस वर्ष ५७.९ प्रतिशत रोपाइँ सम्पन्न भई सुधार देखिएको छ ।

मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका आधारमा विभिन्न प्रदेशमा रोपाइँको प्रगति फरक–फरक रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि