२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गणेश नेपालीको निधनप्रति काठमाडौं महानगरपालिकाद्वारा दुःख व्यक्त, परिवारलाई सहयोग गर्ने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

महानगरपालिकाले शुक्रबार प्रेस विज्ञप्ति गर्दै घटनाको निष्पक्ष छानबिनका लागि नेपाल सरकार, गृह मन्त्रालयले छानबिन समिति गठन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै उक्त समितिलाई आवश्यक सबै सहयोग गर्ने जनाएको छ । छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिने महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले नेपाल सरकारसँगको समन्वय र सहकार्यमा यस्ता घटना पुनः नदोहोरिने वातावरण निर्माण गर्न, समाधानका उपाय पहिचान गर्न तथा असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजान आफू प्रतिबद्ध रहेको जनाएको छ । महानगरपालिकाले संवेदनशील परिस्थितिमा सबैलाई संयम र धैर्य अपनाउन आग्रह समेत गरेको छ ।

दिवंगत गणेश नेपालीका परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था गर्ने तथा उनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्ने विषयमा विधिसम्मत रूपमा काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठकबाट निर्णय गर्ने जनाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि