१० असार २०८३, बुधबार
अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

विदेश जाने सपना छोडेर नेपालमै सम्भावना खोज्दै : दुई दाजुभाई गजराज र सुनिलले खोले ‘फुडी जङ्सन’

काठमाडौं । आजका धेरै युवाको लक्ष्य विदेश जाने बनेको बेला दुई दाजुभाइले भने नेपालमै केही गरेर देखाउने अठोटसहित आफ्नै व्यवसाय सुरु गरेका छन् । काठमाडौंको पेप्सिकोलामा सञ्चालनमा आएको ‘फुडी जङ्सन’ रेस्टुरेन्ट यसै संघर्ष, मेहनत र आत्मविश्वासको परिणाम हो ।

फुडी जङ्सनका संस्थापक गजराज र सुनिलको यात्रा कुनै सजिलो थिएन । करिब पाँच वर्षअघि गजराज पनि धेरै युवाजस्तै वैदेशिक रोजगारीको सपना बोकेर काठमाडौं आएका थिए । तर घरको कमजोर आर्थिक अवस्थाका कारण विदेश जाने योजना पूरा हुन सकेन । परिस्थितिले साथ नदिए पनि उनले हिम्मत हारेनन् ।

काठमाडौंमा उनले मेलम्ची खानेपानी आयोजनासम्बन्धी कामदेखि होटल क्षेत्रमा समेत विभिन्न जिम्मेवारी सम्हाले। त्यसपछि ई–कमर्स व्यवसायबारे सिक्दै र अनुभव बटुल्दै उनी क्रमशः उद्यमशीलताको बाटोमा अघि बढ्न थाले। निरन्तर संघर्ष, सिकाइ र मेहनतको फलस्वरूप आज २३ वर्षकै उमेरमा उनले आफ्ना मामा पक्षका दाजु सुनिलसँग मिलेर पेप्सिकोलामा ‘फुडी जङ्सन’ नामक रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् ।

रेस्टुरेन्टका सह–संस्थापक सुनिलको यात्रा पनि उत्तिकै प्रेरणादायी छ । उनले करिब १४–१५ वर्ष होटल उद्योगमा बिताएका छन् । नेपालदेखि विदेशसम्मका विभिन्न स्तरका होटलमा काम गर्दै अनुभव हासिल गरेका सुनिलले पाँचतारेदेखि स्टार स्तरका प्रतिष्ठित होटलहरूमा समेत आफ्नो क्षमता प्रमाणित गरेका छन् । विदेशमा अवसर हुँदाहुँदै पनि आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी गजराजसँग हातेमालो गर्दै व्यवसायमा जुटेका हुन् ।

फुडी जङ्सनमा विभिन्न स्वादका एशियन डिशहरू उपलब्ध छन् । तर यो रेस्टुरेन्ट केवल खाना बेच्ने स्थान मात्र होइन, संघर्षलाई सफलतामा बदल्न सकिन्छ भन्ने उदाहरण पनि बनेको छ ।

विदेश नै सफलताको एकमात्र बाटो होइन, आफ्नै देशमा पनि मेहनत, धैर्य र सही सोचका साथ अवसर सिर्जना गर्न सकिन्छ भन्ने सन्देश गजराज र सुनिलको यात्राले दिएको छ। आजका नेपाली युवाका लागि उनीहरू प्रेरणाका पात्र बनेका छन्। देशमै बसेर केही गर्न चाहने युवाहरूका लागि फुडी जङ्सनको स्थापना एउटा सकारात्मक सन्देश र आशाको कथा बनेर उभिएको छ

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि