९ असार २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगरको शुभ होटलमा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रमस्थलबाट पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएपछि सुर्खेतका प्रहरी उपरीक्षक ठाकुर प्रसाद पौडेलको कमाण्डमा खटिएको १० जनाको संख्यामा रहेका बिशेष प्रहरीको टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो ।

सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागको पत्रअनुसार पौडेलाई सोमबार साँझ ५ः१५ बजे पक्राउ गरिएको सुर्खेतका प्रहरी नायव उपरिक्षक कबिन्द्रसिंह बोहोराले बताए । सुर्खेतबाट काठमाडौंका लागि सिधा हवाई उडान उपलब्ध नभएपछि प्रहरीले उनलाई सडक मार्ग हुँदै नेपालगञ्ज पठाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि