९ असार २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार विशेष समाचार

सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण 

मुगु । मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं.४ लिब्रु गाँउमा जिल्लाकै पहिलो विपद् तथा आपतकालीन अवस्थाका बेला नागरिकलाई सुरक्षित आश्रय लिन सहजताको लागी आपतकालीन आवासीय भवन निर्माण गरीएको छ ।

सोरुगाँउपालिका वडा नम्बर ४ साबिकको फोतु पाबिसमा रहेका दर्जन भन्दा बढी बस्तीहरु भिरालो भुवाकमा रहेका गाँउ भएको स्थान भएको हुनाले कुनै बेला आपति बिपती हुन सम्क भन्ने हिसाबले सोरु गाउँपालिकाको पहल तथा सहरी बिकास मन्त्रालयको २५ लाख सहयोगमा निर्माण गरिएको उक्त भवन प्राकृतिक विपद्, आगलागी, बाढीपहिरो लगायतका आपतकालीन परिस्थितिमा प्रभावित परिवारलाई अस्थायी रूपमा सुरक्षित आवास प्रदान गर्न हिसावले यो आपतकालीन भवन निमार्ण गरीएको सोरुगाँउपालिका वडा नम्बर ४ का स्थानिय बासी अंग बहादुर शाहीले बताएका छन ।

गाउँपालिकाले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै नागरिकको सुरक्षा र राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो पूर्वाधार निर्माण गरिएको र आपतकालीन अवस्थाका बेला नागरिकलाई तत्काल सुरक्षित स्थानमा राख्नको लागी आपतकालीन भवन निर्माण गरिएको सोरुगाँउपालिका वडा न ४ लिब्रुका का.बा वडा अध्यक्ष जनक बहादुर शाहीले बताएका छन ।

यो मुगु जिल्लामा रहेका चार स्थानिय तह मध्य सोरुगाँउपालिकामा पहिलो पटक जिल्लाकै एक नमुनाको रुपमा यो आपतकालीन आश्रय लिनको लागी भवन निमार्ण गरीएको हो । लक्ष्य अनुसार भवन प्रयोगमा आउर्ने समेत स्थानिय बासीहरुले बताएका छन ।

थप समाचारहरु

गण्डकी प्रदेस समाचार

आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध

७ साउन, पोखरा । आजदेखि पोखरा बसपार्क क्षेत्रका सडक छेउमा पार्किङ निषेध गरिएको छ । पोखरा महानगरपालिकाले पृथ्वीचोकेदेखि सेती पुल
गण्डकी प्रदेस समाचार समाज

लियोलाई वन्यजन्तु उद्धार केन्द्र कास्की छाड्ने तयारी

चन्द्रा महतो । ८ साउन, नवलपुर । अरुणखोलाको अधेरीकल्ची सामुदायिक वनबाट उद्धार गरिएको चितुवाको बच्चा (लियो) लाई पचपलिया वन्यजन्तु उद्धार