३१ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टेम्पो भीरबाट खसालिएको घट्नाप्रति चर्को आलोचना, बचाउमा उत्रिए वन कर्मचारी

कैलाली । कैलालीमा वन अतिक्रमण हटाउने क्रममा कर्मचारीहरुले टेम्पो भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि वनका कर्मचारीको चर्को आलोचना भइरहेको छ ।

भीमदत्त राजमार्गअन्तर्गत गोदावरी नगरपालिका–४ को बासपानीमा सडक छेउमा राखेर खुद्रा सामान बिक्री गर्न प्रयोग गरिएको टेम्पो वन कर्मचारीले फालिदिएका हुन् ।

वनका कर्मचारीले टेम्पो काम नलाग्ने थोत्रो अवस्थामा रहेको दावी गरेपनि पीडित परिवार भने सो टेम्पो चल्ने अवस्थामा रहेको बताउँछन् ।

पीडित परिवारले हरेक दिन घरबाट टेम्पोमा सामान ओसारेर गोदावरी नगरपालिका–४ स्थित गाइमरे भन्ने स्थानमा व्यापार गर्ने गरेका थिए ।

‘टेम्पो राम्रो कण्डिसनमा थियो, हरेक दिन विहान–वेलुका सोही ट्याम्पो चलाएर घर आवतजावत गर्ने गरेका थियौं,’ पीडित धनादेवी धामीले भनिन्,’ दिउँसो यात्रुले विश्राम गर्दा सो स्थानमा खाजा वेच्ने गरेका मात्र हौं । विहान–वेलुका सोही टेम्पोमा घर जाने गरेका थियौं, सामान पनि सोही टेम्पोमा बोक्ने गरेका थियौं ।’

धामीका अनुसार कर्मचारीहरूले टेम्पोभित्र रहेका सामान बाहिर निकालेपछि आफूले टेम्पो घरतर्फ लैजान आग्रह गरेकी थिइन् । तर, कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दै टेम्पोलाई सडकबाट भीरमा खसालेका थिए । घटनापछि स्थानीयस्तरमा वन कार्यालयको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिएको छ ।

घटनाबारे डिभिजन वन कार्यालय कैलालीका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

विज्ञप्तिमा सामाजिक सञ्जालमा वन कर्मचारीले जानाजानी टेम्पो भीरबाट खसालेको भन्दै फैलाइएका सूचना भ्रामक भएको दाबी गरिएको छ । वन कर्मचारीहरूका अनुसार उक्त क्षेत्र चुरे अन्तर्गतको संवेदनशील वन क्षेत्र भएकाले लामो समयदेखि भइरहेका अवैध अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन हुँदै आएको छ ।

संयुक्त विज्ञप्तिअनुसार भीरबाट खसेको भनिएको जीएसए टेम्पो चल्ने अवस्थामा नभएको, चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको तथा धकेल्नसमेत कठिन हुने अवस्थामा रहेको थियो । उक्त टेम्पोलाई अतिक्रमित वन क्षेत्रमा पसल सञ्चालन गर्ने उद्देश्यले टहराको रूपमा प्रयोग गरिएको दाबी वन कर्मचारीहरूको छ ।

कर्मचारीहरूले करिब एक महिनाअघि अतिक्रमण हटाउने क्रममा उक्त टेम्पोका सञ्चालक घनश्याम धामीलाई संरचना हटाउन निर्देशन दिएको र अन्य १० वटा छाप्रा हटाइए पनि उनले अटेर गरेको उल्लेख गरेका छन् ।

त्यसबेला कर्मचारीहरूले टेम्पोलाई धकेलेर घरसम्म पु¥याइदिएको तर पछि पुनः सोही स्थानमा ल्याएर पसल सञ्चालन गरिएको विज्ञप्तिमा जनाइएको छ ।

जेठ २९ गते पुनः अतिक्रमण हटाउने क्रममा टेम्पो हटाउन आग्रह गर्दा सम्बन्धित व्यक्तिले अस्वीकार गरेको र वन टोलीले बल प्रयोग गरी पन्छाउने प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ । सोही क्रममा भिरालो भू–भाग र असन्तुलनका कारण टेम्पो अनियन्त्रित भई दुर्घटनावश भीरबाट खसेको दाबी वन कर्मचारीहरूको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि