३१ जेष्ठ २०८३, आईतवार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार समाचार

इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार(आज) हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् ।

‘सम्झौता भोलि(आइतबार) हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् ।

ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे । उनले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिए ।

उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताए ।

पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले पनि शनिबार अमेरिका–इरान सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षर समारोह आइतबार हुने तय गरिएको बताएका छन् ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पनि संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको ढाँचामा सहमत भएका छन् र चाँडै नै यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । पाकिस्तानले अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरिरहेको छ ।

यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व अन्त्य गर्न समझदारी पत्र (एमओय) मा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको खबरहरु आएका छन् ।

बखाईले इरान र संयुक्त राज्य अमेरिकाबीचको कुनै पनि सम्भावित एमओयू वार्ता जारी राख्नको लागि एक रूपरेखाको रूपमा काम गर्ने तर अन्तिम सम्झौता मान्न नसकिने जिकिर गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि