२९ जेष्ठ २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का

काठमाडौं । नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो । सुनिन्छ, समितिले चोख्याएर प्रतिबेदेन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो ।’

उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भए पनि त्यसलाई सार्वजनिक नगरिएको उल्लेख गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए । खड्काले एकातिर सुशासनको नारा लगाउने र अर्कोतर्फ विवादमा परेकाहरूलाई नै जिम्मेवारी दिने काम भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘एकातिर सुशासनको नारा लगाउने तर अर्कोतिर प्रश्न उठेका आफ्नोलाई पुरस्कृत गर्ने काम भइरहेको छ । सरकार आफैँ धामी, आफैँ पुरस्कृत गर्र्दै हिँड्ने भयो । क्रमभंगता र सुशासनको गफ हाक्न छोडौँ ।’

सांसद खड्काले सरकारले सुशासन र पारदर्शिताप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि व्यवहारमा त्यसअनुसार काम नगरेको आरोप लगाए ।

उनले सरकार आफैं न्यायाधीश र आफैं पुरस्कार दिने भूमिकामा देखिएको भन्दै सुशासनका विषयमा केवल भाषणभन्दा व्यवहारमा सुधार आवश्यक रहेको बताए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि