१८ जेष्ठ २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत सम्बोधन गरिएको छ।
उनले भने,‘लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत गरिएको देखिन्छ । कर सुधारका विषयमा लामो समयदेखि रोकिएका थिए । बजेटले, यसपटकको कर सुधारमा ठूलो फड्को मारेको छ । व्यक्तिगत आयकरमा ठूलो राहत दिइएको छ । वार्षिक १० लाखसम्मको आम्दानी हुनेलाई, यो कैयौं वर्षदेखि ५ लाख र ६ लाखको दायरामा यो कर छुट दिएर हामी अल्झिएका थियौं। त्यसले पारदर्शी अर्थतन्त्र सुरुवात हुन सकेन। यसपटक हाम्रो मागले, सुरुवात १० लाखबाट गरौं भन्ने थियो, जुन कुरा हो, माननीय मन्त्री ज्यूले बजेटमा रिफ्लेक्ट गर्नुभएको छ।’
अध्यक्ष अग्रवालले बहुदर मूल्य अभिवृद्धि कर (भ्याट) प्रणाली कार्यान्वयनतर्फ सरकारले अघि बढाएको कदमलाई साहसिक निर्णयको संज्ञा दिए ।
यद्यपि, विद्युत् महसुलमा ५ प्रतिशत भ्याट लगाइएको विषयमा भने उनले असन्तुष्टि व्यक्त गरे ।
उनले भने, ‘सरकले बिजुली र राइड सेयरिङमा ५ प्रतिशतको मूल्य अभिवृद्धि कर लगाउँदै बहुदर भ्याटको व्यवस्था सुरुवात भएको छ । नेपाल जलस्रोतको प्रचुर सम्भावना भएको देश हो, यसको उत्पादन बढाउँदै लानुपर्नेमा करको कुरा नमिलेजस्तो लाग्यो । भ्याटमा बहुदरको सान्दर्भिकताबारे पनि अध्ययन गरी सुधार पेश गर्न, एउटा उच्चस्तरीय समितिको गठन गर्न जरुरी छ ।’ उनले आवश्यक कानुनी परिमार्जन भएमा पुँजीगत लाभकरबारे देखिएका अन्योल र भ्रम स्वतः हट्ने विश्वास व्यक्त गरे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि