१७ जेष्ठ २०८३, आईतवार
बागमती मुख्‍य समाचार समाचार

नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।
उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो ? अवगत गराउनुपर्यो । यो विषय गम्भीर र आपत्तिजनक छ । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्याे, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।’
प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि