काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल हुनेछ । यस्तै, समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान—प्रदान तथा विविध विषयमा छलफल हुनेछ ।







