२० बैशाख २०८३, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस सभापति गगन थापाले भनेः सत्य लेखेकै आधारमा पत्रकार डराउनुपर्ने अवस्था अन्त्य हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले स्वतन्त्र र निर्भय प्रेसलाई लोकतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा उल्लेख गरेका हुन् ।

थापाले बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै यस्तो परिस्थितिमा पनि सत्यको पक्षमा उभिने पत्रकारप्रति सम्मान व्यक्त गरेका छन् ।

“लोकतन्त्रको आधारस्तम्भ नै स्वतन्त्र र निर्भय प्रेस हो,” उनले लेखेका छन्, “तर आजको बदलिँदो समयमा सूचना संकलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको छ ।”

उनले प्रेस स्वतन्त्रतालाई कुनै व्यक्ति वा संस्थाविरुद्धको प्रहारका रूपमा नभई नागरिकको सुसूचित हुन पाउने अधिकारको रक्षाका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन् ।

सभापति थापाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीलाई शुभकामना पनि दिएका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि