१५ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का समूहको बैठक आज बस्दै छ।

काठमाडौंको महाराजगञ्जस्थित स्मार्ट होटलमा चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य, पदाधिकारी तथा जिल्ला सभापतिहरूको बैठक बस्न लागेको हो ।

बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।

बैठकमा पार्टीभित्रको आगामी भूमिका, नेतृत्वको रणनीति तथा समूहको साझा धारणा निर्माणमा केन्द्रित भएर छलफल हुने बताइएको छ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको