१२ बैशाख २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

कस्तो हुनेछ आज देशभरको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार (आज) दिउँसो मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।

आज किोशी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ।
कोशी प्रदेशको हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू–भागका साथै कोशी प्रदेशको तराईको थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै आज राती कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि