चितवन, ३० चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारका कामका आधारमा काँग्रेसले सदनमा आफ्नो भूमिका निर्वाह गर्ने बताएका छन् ।
आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले कांग्रेस प्रमुख प्रतिपक्षी दलका हिसाबले उपस्थित भएकाले सरकारले गर्न लागेका राम्रा कामप्रति समर्थन र सहयोग रहने बताए ।
उनले भने, जनता, लोकतन्त्र, जनजीविका, सुशासनको पक्षमा सरकारले गरेका कामहरुप्रति कांग्रेसको कुनै पनि असहयोग रहँदैन । फरक प्रसङ्गमा बोल्दै उनले कांग्रेसले संसदीय दलको नेता आन्तरिक रुपमा सर्वसम्मत गर्न खोजिएको भए पनि यो प्रयास असफल भएको उनले बताए । सर्वसम्मत या निर्वाचन प्रक्रियाबाट टुङ्याउने गरी वैशाख ४ गते संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।
पार्टीभित्र एकता कायम गर्दै अघि बढ्न अहिलेको नेतृत्वको चाहना रहेको उहाँले बताए। अहिलेको समस्याको समाधान १५औँ महाधिवेशन भएको भन्दै उहाँले अब अधिवेशन तिर लागौँ अदालत तिर होइन भने ।







