१ बैशाख २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

जीवन विकास, युनिक नेपाल र मानुषी लघुवित्तबीच मर्जरको प्रारम्भिक सम्झौता

काठमाडौं । लघुवित्त क्षेत्रमा अर्को ठूलो मर्जरको प्रक्रिया सुरु भएको छ । दोस्रो बजारमा सूचीकृत तीनवटा लघुवित्त वित्तीय संस्थाहरू जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्त एक आपसमा गाभिने वा मर्जर हुने भएका छन् ।

यी तीन कम्पनीबीच चैत २८ गते मर्जरका लागि प्रारम्भिक समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको हो । मर्जरको पृष्ठभूमि र नयाँ निर्णययसअघि चैत १४ गते जीवन विकास र युनिक नेपाल लघुवित्तबीच मात्रै मर्जर हुने प्रारम्भिक सम्झौता भएको थियो । तर, पछिल्लो निर्णयअनुसार अब यी दुई कम्पनीमा मानुषी लघुवित्त पनि थपिएपछि त्रिपक्षीय मर्जर हुने निश्चित भएको हो ।

मर्जर प्रक्रिया अघि बढेसँगै तीनै संस्थाको साधारण सभा सम्पन्न नभएसम्मका लागि आधारभूत शेयरधनीहरूको शेयर कारोबार रोक्का राख्न सम्बन्धित निकायमा अनुरोध समेत गरिएको छ । जीवन विकास लघुवित्तको केन्द्रीय मोरङ्गको कटहरीमा रहेको छ भने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय बाँकेको कोहलपुरमा रहेको छ ।

मानुषी लघुवित्तको केन्द्रीय कार्यालय भने काभ्रेपलाञ्चोकमा रहेको छ । हाल जीवन विकास लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७५ करोड रहेको छ मानुषी लघुवित्तको चुक्ता पुँजी १० करोड ९३ लाख रहेको छ । युनिक नेपाल लघुवित्तको चुक्ता पुँजी भने १४ करोड ८५ लाख रहेको छ ।

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको