सुर्खेत । जाजरकोटमा खाना पकाउने ग्यास सिलिन्डर लिक हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
आइतबार बिहान खाना पकाउने ग्यास लिक हुँदा नलगाड नगरपालिका–२ थालुप्रसाद जैसीका श्रीमती, छोरा र साली घाईते भएका हुन् । भान्सामा ग्यास बाल्न खोज्दा भएको आगजनीमा उनीहरु घाईते भएका हुन् ।
भान्सा कोठामा लाइटरले आगो बाल्ने क्रममा अचानक आगलागी भएको र आगलागीमा परी ठालु प्रसाद जैसीकी श्रीमती माया, उनका २२ वर्षीय छोरा गणेश र मायाकी ३७ वर्षीया बहिनी रुपा जैसी घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए ।
घाईतेलाई नलगाड नगर अस्पतालमा उपचार गरिएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरुलाई नेपालगन्ज पठाइएको हो । घाइतेमध्ये दुई जना महिलाको अवस्था गम्भीर रहेको नगर अस्पतालका प्रमुख डा.विशाल उप्रेतीले जानकारी दिए । प्राथमिक उपचारपछि थप उपचारका लागि रेफर गरिएको उनले बताए ।
आगलागीमा घाईतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट नेपालगन्ज पठाइयो







