२९ चैत्र २०८२, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आशा भोसलेको निधनले स्तब्ध नेपाली संगीत : कालजायी छन् नेपाली गीत

काठमाडौं । आशा गणपतराव भोसले भारतीय उपमहाद्वीपकी अत्यन्त चर्चित तथा बहुमुखी पाश्र्वगायिका हुन् ।
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजका माध्यमबाट दशकौँसम्म राज गरिन् । उनले आफ्नो जीवनकालमा करिब १५–१६ हजारभन्दा बढी गीत गाइसकेकी छन् ।
हिन्दी बाहेक उनले मराठी, बंगाली, गुजराती, पंजाबी, भोजपुरी, तमिल, मलयालम, अंग्रेजी हुँदै रूसीसम्म गरी १४ भन्दा बढी भाषामा गीत गाएर अपार लोकप्रियता हासिल गरेकी छिन् ।
यसैक्रममा उनले नेपाली भाषाका गीतहरूमा पनि स्वर दिएकी थिइन्, जसले नेपाली स्रोतामाझ पनि उनलाई उत्तिकै प्रिय बनायो ।
‘झरी बनी आएछ सावन’ जस्ता गीतमार्फत नेपाली संगीतप्रेमीहरूको मन जितेकी भोसलेले थुप्रै नेपाली गीतहरूमा स्वर दिएकी छिन् ।
यद्यपि, ९२ वर्षको उमेरमा समेत सक्रिय रहँदै उनले रन्जित गजमेरको संगीतमा ‘यो हाम्रो माया’ बोलको नेपाली गीत भने अन्तिम हुन पुग्यो । जसमा युवा गायक मोहन राईसँग उनको सहकार्य रह्यो । उनीसँग सहकार्य गर्ने नेपाली कलाकारहरूको संख्या भने निकै सीमित रहेको देखिन्छ ।
लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय रहँदै आएकी भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । उपचारकै क्रममा आइतबार उनको निधन भएको हो, जसले संगीत जगतलाई ठूलो क्षति पुर्याएको छ ।
यद्यपि, जन्म र मृत्यु प्रकृतिको स्वाभाविक प्रक्रिया भए पनि आफ्नो कर्म, प्रतिभा, लगन र सिपले भूगोलका सीमाहरू भत्काएर करोडौँ मानिसको मनमा बस्न सफल कलाकारहरू कहिल्यै हराउँदैनन् । भोसले पनि आफ्नो कोकिल स्वरमार्फत सधैँ श्रोता–दर्शकको मनमा जीवित रहिरहनेछिन् ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक घमराज लुईंटेल सामाजिक संजालमा लेख्छन् ‘जन्म र मृत्यु स्वाभाविक चक्र हुन् । तर केही व्यक्तित्वहरू आफ्नो योगदानका कारण अमिट छाप छोडेर जान्छन् । आशा भोसले भौतिक रूपमा हामीबाट टाढा भए पनि उनको स्वरले सधैँ हामीसँगै रहनेछ ।’ उनले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
यसैगरी गायक शिव परियारले पनि सुप्रसिद्ध बलिउड गायिका आशा भोसलेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
उनले भनेका छन्, ‘श्रद्धेय आशा भोसलेज्यूको निधनको खबरले म अत्यन्त दुःखी भएको छु । ‘गैह्री खेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘दियो बाली साँझको’ जस्ता लोकप्रिय तथा कालजयी नेपाली गीतमा स्वर भरेर उहाँले नेपाली संगीत क्षेत्रमा समेत अमूल्य योगदान दिनुभएको छ । भौतिक रूपमा उहाँ हामीमाझ नरहे पनि उहाँका गीत–संगीतले हाम्रो अन्तरहृदयमा सदैव गुन्जिरहनेछ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।’
गायिका देवीका बन्दनाले आशा भोसलेलाई ‘स्वर किन्नरी’का रुपमा स्मरण गर्दै श्रद्धान्जली व्यक्त गरेकी छिन् । यसैबीच, भोसलेसँग अन्तिम नेपाली गीतमा साथ दिएका गायक मोहन राईले गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनी सन् २०१९ मा कार्यक्रमका लागि पहिलो पटक नेपाल आएकी थिइन् । त्यस्तै, ०७६ को पुसमा राजधानीको सोल्टी होटलमा प्रश्तती दिएकी थिइन् । साधना कला केन्द्र पुलतीसडकले आयोजना गरेको ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’मा केही कालजायी गीतहरु सुनाएकी थिइन् ।
उनले गाएका केही चर्चित नेपाली गीतहरूः
१. गैरी खेतको शिरै हान्यो
२. एउटा मान्छे मन पर्छ
३. यति धेरै माया दियौ
४. आज हाम्रो भेट भएको दिन
५. लै बरि मेरो मायालु
६. बसन्त नै बस्न खोज्छ यहाँ (माइतिघर)
७. किन बढ्दै छ ढुकढुकी
८. दियो बाली साँझको साउने झरिमा
९. मोहनी लाग्ला है
१०. पहाडको माथि माथि
११. म प्यार बेचि दिन्छु
१२. चन्चले मन भुल्यो
१३. तिम्रो मनमा लुकेको कुरा ।
१४. सिक्रेट नदेऊ म बिडी खानेलाई…
१५. माया त माया हो … ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि