१६ चैत्र २०८२, सोमबार
मुख्‍य समाचार लुम्बिनी समाचार

आजदेखि सहयोगापेक्षी सडकआश्रित लुम्बिनी प्रदेश उद्धार यात्रा सुरु

लुम्बिनी। मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित लुम्बिनी प्रदेश उद्धार यात्रा २०८२ आजदेखि सुरु गरेको छ। प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको आश्रमले जानकारी दिएकाे छ ।

चैत १५ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त उद्धार यात्रा लुम्बिनी प्रदेशका १२ जिल्ला बर्दिया, बाँके, दाङ, रुकुम पूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी (पश्चिम) र रुपन्देहीमा सञ्चालन हुनेछ । आज भने उद्धार टाेली बर्दिया जिल्लामा केन्द्रित रहेर सडक मानवहरुकाे खाेजीमा रहने भएकाे छ ।

उद्धार यात्राका क्रममा सडकमा अलपत्र अवस्थामा जीवन बिताइरहेका बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन बालबालिका,  शारीरिक तथा मानसिक रुपमा कमजाेर सडक मानवहरूको अवस्था अवलोकन गरी वास्तविक सडकआश्रित मानवहरूको पहिचान गरिनेछ। उद्धार गरिएका व्यक्तिहरूलाई आश्रमका विभिन्न शाखाकाे संरक्षणमा राखि उपचारसँगै सम्मानजनक जीवनयापनको वातावरण उपलब्ध गराइने आश्रमले जनाएको छ।

उद्धार टोलीले स्थानीय तह, प्रहरी प्रशासन, विभिन्न सामाजिक संघसंस्था तथा सरोकारवालाहरूसँग सहकार्य गर्दै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त लुम्बिनी प्रदेश” निर्माणका लागि प्रतिबद्धता संकलन गर्दै कार्यक्रम अगाडि बढाउनेछ। अभियानमार्फत स्थानीय तहलाई पनि आफ्नो क्षेत्रमा रहेका सडकआश्रित मानवहरूको व्यवस्थापनमा जिम्मेवार बनाउने लक्ष्य राखिएको छ।

मानवसेवा आश्रमले प्रदेशको जुनसुकै स्थानमा जोखिमपूर्ण अवस्थामा सडकमा जीवन बिताइरहेका सहयोगापेक्षी मानव देखिएमा नजिकको प्रहरी कार्यालय वा उद्धार टोलीलाई तत्काल जानकारी गराउन सर्वसाधारणलाई अनुरोध समेत गरेको छ।

मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं सम्भव हुनेहरुकाे पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि