११ चैत्र २०८२, बुधबार
कोशी मुख्‍य समाचार समाचार समाज

इटहरी आगलागी, ३५ लाख बढी क्षतिको अनुमान

विराटनगर । सुनसरीको इटहरीस्थित न्यू पूर्वाञ्चल आइसक्रिम पार्लर एण्ड कफी सपमा बुधबार बिहान आगलागी हुँदा करिब ३५ लाख रुपैयाँभन्दा बढी क्षति भएको अनुमान गरिएको छ।
इटहरी उपमहानगरपालिका–६ मा रहेको उक्त क्याफेको भान्सा कोठाबाट आगो सुरु भएको प्रहरीले जनाएको छ। मर्मत गर्ने क्रममा निस्किएको आगोको झिल्को उछिटिएर भान्सामा सल्किँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालका अनुसार आगलागी अहिले पूर्ण रूपमा नियन्त्रणमा आइसकेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।
आगो नियन्त्रणका लागि सुनसरीका धरान, दुहवी, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचा लगायतका स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो। सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो।
इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाउनुपरेको थियो।
आगलागीबाट क्याफेको भान्सा, सामग्री तथा उपकरणहरू जलेर नष्ट हुँदा ठूलो क्षति भएको जनाइएको छ। क्षतिको यकिन विवरण भने संकलन भइरहेको प्रहरीले जनाएको छ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि