११ चैत्र २०८२, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

छायाँनाथ रारा नगरपालिकामा चैत्र १२ गते सार्वजनिक बिदा

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाले चैत्र १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले १८ औँ नगर सभाबाट पारित निर्णयअनुसार चैते दशैं (चैत्राष्टमी व्रत) का अवसरमा उक्त दिन नगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको जनाएको छ ।

नगर प्रमुख विष्णु कुमार भामले हस्ताक्षरित सूचनामार्फत नगरपालिका, वडा कार्यालय तथा अन्य सबै नगरपालिका मातहतका निकायहरू बिदा रहने जानकारी दिएका छन् ।

तर शैक्षिक संस्थाहरू भने पूर्वनिर्धारित परीक्षा तालिकाअनुसार सञ्चालन हुने भएकाले विद्यालयहरू बन्द नहुने पनि सूचनामा स्पष्ट पारिएको छ ।
नगरपालिकाले चैते दशैंको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना समेत व्यक्त गरेको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि