९ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न महामन्त्री पौडेलको माग

काठमाडौँ, ९ चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की नेतृत्वले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमा एक वक्तव्य जारी गरी जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

आयोगले प्रतिवेदन बुझाएको लामो समय भइसक्यो प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनु विडम्बना हो, यसले आशंका जन्माएको छ”, महामन्त्री पौडेलले भने। आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी भएको उहाँको भनाइ छ ।

महामन्त्री पौडेलले आइतबार सम्पन्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकबाट पार्टीले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराए ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि