८ चैत्र २०८२, आईतवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

इरानलाई ट्रम्पको ४८ घण्टाको अल्टिमेटमः हर्मुज जलमार्ग नखोले विद्युत केन्द्र ध्वस्त पार्ने धम्की

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा र विना कुनै अवरोध नखोले इरानका विद्युत केन्द्रहरू ध्वस्त पारिदिने धम्की दिएका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा आइतबार पोस्ट गर्दै राष्ट्रपति ट्रम्पले भनेकाछन, ‘यदि इरानले अहिलेको समयबाट ठीक ४८ घण्टाभित्र हर्मुज जलमार्ग पूर्ण रूपमा खोल्दैन भने, संयुक्त राज्य अमेरिकाले इरानका विभिन्न विद्युत केन्द्रहरूमा आक्रमण गरी तिनलाई नामेट पारिदिनेछ, जसको सुरुवात सबैभन्दा ठूलो विद्युत केन्द्रबाट हुनेछ ।’

यता अमेरिकी सेन्ट्रल कमाण्डले पनि अमेरिकी नागरिक र छिमेकी राष्ट्रहरूविरुद्ध शक्ति प्रदर्शन गर्ने इरानको क्षमतालाई निस्तेज पार्नु नै आफूहरूको स्पष्ट सैन्य उद्देश्य रहेको बताएको छ । यसैबीच, इरानले पनि अमेरिका र इजरायललाई कडा जवाफ दिएको छ । इरानी रिभोलुसनरी गाड्र्सको एयरोस्पेस फोर्सका प्रमुख मेजर जनरल सैयद माजिद मुसावीले इरानले इजरायली आकाशमाथि क्षेप्यास्त्र प्रभुत्व कायम गरेको दाबी गर्दै अबका आक्रमणहरूले अमेरिकी र इजरायली कमाण्डरहरूलाई स्तब्ध बनाउने चेतावनी दिएका छन् ।

उनले इजरायलको दक्षिणी आकाश घण्टौंसम्म उज्यालो रहने भन्दै नयाँ प्रविधिका क्षेप्यास्त्र प्रहार गर्ने संकेत गरे । इरानी संसदका सभामुख एम.बी. कालीबाफले इजरायलको डिमोना जस्तो उच्च सुरक्षा भएको क्षेत्रमा समेत क्षेप्यास्त्र रोक्न असफल हुनुले इजरायली आकाश रक्षाहीन रहेको पुष्टि गरेको र युद्ध अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । अर्कोतर्फ, इजरायली वायुसेनाले दक्षिणी शहर अरादमा ब्यालिस्टिक क्षेप्यास्त्र खसेको र आफ्नो रक्षा प्रणाली किन असफल भयो भन्नेबारे अनुसन्धान थालेको छ । इजरायली सञ्चारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्र रोक्न गरिएका दुईवटा प्रयासहरू विफल भएका थिए

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि