काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको छ ।
कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल तथा बाँकी तराई भूभागमा आँशिक बादल लागेको छ । कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षारहिमपात भईरहेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आँशिक बादल लाग्नेछ । देशको पहाडी र हिमाली भुभागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राती देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।







