६ चैत्र २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार सुदूरपश्चिम

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली, ६ चैतः यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व सङ्कलन गरेको छ ।

विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु १२ लाख राजस्व सङ्कलन भएको छ ।

त्यस्तै चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुर, लाइसेन्स नवीकरण, जरिवाना, जाँचपास र लाइसेन्स प्रमाणीकरणबाट रु नौ करोड ३५ लाख ८२ हजार तथा यातायात क्षेत्रको आम्दानी लगतकट्टा, प्रदूषण, रुट ईजाजत बाट रु ८८ लाख २६ हजार राजस्व सङ्कलन भएको छ ।

यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०८१÷८२ मा राजस्वका विभिन्न शीर्षकबाट रु ७५ करोड ५६ लाख २७ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयको बेरुजु रकम भने शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि