६ चैत्र २०८२, शुक्रबार
बागमती मुख्‍य समाचार समाचार

रुपन्देहीमा १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुँदै

काठमाडौं । नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानलाई एकीकृत गर्दै ‘एक स्वास्थ्य’ अवधारणालाई सुदृढ बनाउने उद्देश्यका साथ १६ औं राष्ट्रिय भेटेरिनरी सम्मेलन २०२६ आयोजना हुने भएको छ । नेपाल भेटेरिनरी एसोसिएसनको आयोजनामा यो बृहत् सम्मेलन आगामी यहि चैत २७ र २८ गते रुपन्देही जिल्लाको मणिग्रामस्थित होटल ड्रिमल्याण्ड रिसोर्टमा सम्पन्न हुने भएको छ । दिगो पशुपालन र खाद्य सुरक्षाका लागि एक स्वास्थ्य मार्ग भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस सम्मेलनले मानव, पशु र वातावरणबीचको अन्तरसम्बन्धलाई वैज्ञानिक ढंगले उजागर गर्ने लक्ष्य राखेको छ ।

सम्मेलनमा नेपालसहित १० भन्दा बढी देशका प्रतिनिधिहरू र १५ भन्दा बढी अन्तर्राष्ट्रिय आमन्त्रित वक्ताहरूको सहभागिता रहने अनुमान गरिएको छ । कार्यक्रममा पशु स्वास्थ्य, महामारी नियन्त्रण, खाद्य सुरक्षा तथा जलवायु परिवर्तनका प्रभाव जस्ता समसामयिक विषयमा १५० भन्दा बढी वैज्ञानिक अनुसन्धान पत्रहरू प्रस्तुत गरिनेछन् ।

नेपाल भेटेरिनरी एशोसिएसनका महासचिव डा. शंकर न्यौपानेका अनुसार, सम्मेलनमा विद्यार्थीहरूको क्षमता विकासका लागि ‘स्टुडेन्ट पोस्टर प्रतियोगिता’ आयोजना गरिनेछ र उत्कृष्टलाई पुरस्कृत गरिनेछ । साथै, पशु चिकित्सा क्षेत्रमा २५ वर्षभन्दा बढी समय सेवा पु¥याएका अनुभवी चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रिय स्तरका पुरस्कारहरू प्रदान गरिने कार्यक्रम समेत तय गरिएको छ । सम्मेलन स्थलमा पशु स्वास्थ्य, औषधि, खोप, आहार र आधुनिक प्रविधिहरूसँग सम्बन्धित प्रदर्शनी स्टलहरू राखिनेछन।

जहाँ सहभागीहरूले पशु चिकित्सा क्षेत्रमा विकास भएका नवीनतम प्रविधि र व्यवहारिक अभ्यासबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन् ।
यस सम्मेलनलाई नेपाल सरकारका विभिन्न निकायहरूका साथै संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन नेपाल भेटेरिनरी काउन्सिल र अन्य पेशागत संघ संस्थाहरूले सहयोग गरेका छन् ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि