२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

स्वास्थ्य बिमा बोर्डले टिकटक–फेसबुक रिल्स प्रतियोगिता गर्ने

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
बोर्डले आफ्नो १०औँ वार्षिकोत्सवको अवसर पारेर कार्यक्रमको प्रचारप्रसार तथा नागरिकमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले टिकटक र फेसबुक रिल्स भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा सहभागी हुन चाहनेले स्वास्थ्य बिमासम्बन्धी विषयवस्तु समेटेर अधिकतम एक मिनेटको ‘भर्जिकल रिल्स फम्र्याट’मा भिडियो बनाउनुपर्ने छ भने सहभागीले आफ्नो भिडियो टिकटक वा फेसबुकको रिल्समा पोस्ट गरी तोकिएको ह्यासट्याग प्रयोग गर्नुपर्छ ।
साथै पोस्ट गरिएको भिडियो यही चैत २ देखि १५ गतेभित्र बोर्डको इमेलमा पठाउनुपर्ने छ ।
बोर्डका अनुसार, भिडियोको मूल्यांकन त्यसमा आउने लाइक, सेयर, कमेन्ट र भ्युज तथा सन्देशको स्पष्टता, सिर्जनात्मक प्रस्तुति एवं सामाजिक सन्देशका आधारमा गरिनेछ ।
प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई नगद पुरस्कार प्रदान गरिनेछ । प्रथम पुरस्कार ५० हजार, दोस्रो हुनेलाई ३० हजार र तेस्रोलाई २० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिने छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि