२ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

रामेछाप र दोलखामा हावा हुरीले पुर्यायो क्षति

रामेछाप । आइतबार आएको हावा हुरीले रामेछाप र दोलखामा क्षति पुर्यायोको छ ।

हुरी बतासले रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरा गाउँमा ठुलो क्षति पुर्यायोको छ । हावा हुरीले दुरागाउँका ५ वटा घरको छाना उडाएर पूर्ण रूपमा क्षति भएको वडाध्यक्ष प्रदीप तामाङले जानकारी दिए ।

तामाङका अनुसार हावा हुरीले थप ५ घरमा आमसिक क्षति पुर्यायोको छ । ती मध्ये कतिपय घरका छानाका केही भाग उडाएको छ भने कतिपयका बरन्डाहरू उडाएको छ ।

घर उडाएका स्थानीयले बस्ने बासको समेत सङ्कट परेको छ । उनीहरू आश्रय लिएर बस्न बाध्य भएका छन् । हावा हुरीले रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिमा रुख ढलेर एउटा घरमा क्षति पु¥याएको छ । हावाहुरीले घरमा क्षति पु¥याए पनि मानवीय क्षति भने भएको छैन ।

यसैबिच दोलखाको जिरी नगरपालिका र तामाकोसी गाउँपालिकामा हावाहुरीका कारण ११ घरको छानो उडाएको छ । दोलखा प्रहरीका अनुसार हावाहुरीले तामाकोसी गाउँपालिका–५ कल्लेरीका ७ घर, तामाकोसी गाउँपालिका–१ भीरकोटका ३ घर र जिरी नगरपालिकामा एक घरको छानो उडाएको छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि