२५ फाल्गुन २०८२, सोमबार
मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन

जनकपुर । धनुषाको क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका रास्वपाका किशोरी साह कमलको उम्मेदवारी खारेज रहेको अवस्थामा उनले २० हजार भन्दा बढि मत प्राप्त गरेका छन् ।
साहविरुद्ध फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको भन्दै उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले फागुुन ११ गते उजुरी निर्वाचन आयोगमा पठाएको थियो ।
आयोगले फागुन १४ गते साहसँग स्पष्टीकरण मागेको थियो भने १८ गते उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो ।
मतपत्र छपाई भइसकेकाले उनको उम्मेदवारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।
उम्मेदवारी खारेज भएपनि धेरै मत परेपछि निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै मतगणनाको परिणाम सार्वजनिक नगर्न निर्देशन दिएको छ । यो संगै उक्त क्षेत्रको मतगणना अन्योलमा परेको छ ।
रास्वपा पछि उक्त क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मातृकाप्रसाद यादवले अन्तिम मतगणना सार्वजनिक भएअनुसार ७ हजार ५६६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका रामपल्टन साह ७ हजार ४२८ प्राप्त गरेका छन् ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।